पोखराको विभूति फार्मेसीका सञ्चालकसहित दुई जना पक्राउ

पक्राउ

पोखराको विभूति फार्मेसीका सञ्चालकसहित दुई जना पक्राउ

bijay-kedar

पोखरा वडा नं. ९ नयाँबजारस्थित विभूति फार्मेसीका सञ्चालक केदार अधिकारीसहित दुई जना पक्राउ परेका छन् ।

लागूऔषध खरिदबिक्रीमा संलग्नता देखिएपछि प्रहरीले फार्मेसी सञ्चालक अधिकारीसहित धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ९ घर भएका २७ वर्षीय विजय पोखरेललाई नियन्त्रणमा लिएको हो ।

कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार बुधबार राति ८ बजे पोखरेल शंकास्पद अवस्थामा नयाँबजारबाटै पक्राउ परेका थिए ।

उनको खानतलासी गर्दा झोलामा लागूऔषध टापेन्टाडल हाइड्रोक्लोराइड क्याप्सुल एक सय २० चक्की फेला परेको थियो ।

सोधपुछका क्रममा पोखरेलले विभूति फार्मेसीबाट किनेको पोल खोलेपछि प्रहरीले फार्मेसीमा छापा मारेको थियो ।

फार्मेसीमा पनि सोही नामको लागूऔषध ९० क्याप्सुल भेटिएपछि सञ्चालक अधिकारीलाई नियन्त्रणमा लिइएको डीएसपी शर्माले जानकारी दिए ।

प्रहरीले कास्की जिल्ला अदालतबाट लागूऔषध मुद्दामा मेडिकल सञ्चालक अधिकारीलाई नौ र खरिदकर्ता पोखरेललाई १० दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ