पोखरामा पत्रिका जलाइएकोमा सर्वत्र विरोध

पोखरामा पत्रिका जलाइएकोमा सर्वत्र विरोध

'पत्रिका जलाउनु र धम्कीपूर्ण भाषा बोल्नु प्रेस स्वतन्त्रता र पत्रकारितामाथिकै आक्रमण'

samadhan jalayeko

पोखरा । समाचारको विषयलाई लिएर बुधबार पोखरामा पत्रिका लगाइएपछि सर्वत्र विरोध भएको छ ।

सञ्चारसम्बद्ध विभिन्न संघसंस्थाले विज्ञप्ति जारी गर्दै त्यस कार्यको निन्दा गरेका छन् ।

पोखराबाट प्रकाशित ‘समाधान’ दैनिक पत्रिकाको सूर्यदर्शन सहकारी संस्था ठगीबारे समाचारलाई लिएर सहकारीपीडितले बुधबार कास्की जिल्ला अदालत परिसरमै पत्रिकाको प्रति जलाएका थिए ।

समाचारमा चित्त नबुझे खण्डन छाप्ने र कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै पत्रिका जलाउनु र धम्कीपूर्ण भाषा बोल्नु प्रेस स्वतन्त्रता र पत्रकारितामाथिकै आक्रमण भएको भन्दै नेपाल पत्रकार महासंघ गण्डकी, नेपाल पत्रकार महासंघ कास्की, स्वतन्त्र पत्रकार संघ नेपाल, प्रेस चौतारी गण्डकी, प्रेस चौतारी कास्की, नेपाल प्रेस युनियन कास्की, फोनिज गण्डकी लगायतले विज्ञप्ति जारी गरी विरोध जनाएका हुन् ।

 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds