चाडबाडको समयमा ‘सफल दही एकदम सही’

प्रवर्द्धनात्मक सामाग्री

चाडबाडको समयमा ‘सफल दही एकदम सही’

स्वाद, स्वास्थ्य र सन्तुष्टिले पूर्ण

Safal Dahi2

चाडबाडका अवसरमा दही हाम्रो समाजमा महत्वपूर्ण परिकारको रूपमा समावेश हुँदै आएको छ । चाडपर्वलाई अझ विशेष बनाउन सुजल डेरी प्रा.लि.ले स्वाद, स्वास्थ्य र सन्तुष्टिले भरिएको सफल दही, एकदम सही बजारमा ल्याएको जनाएको छ ।

सफल दही गाई तथा भैँसीको दूधलाई उच्च स्तरीय प्रविधिद्वारा प्रशोधन गरी बनाइएको बाक्लो र मलायदार दही रहेको र जसले चाडपर्वलाई अझ रमाइलो बनाउने उत्पादक कम्पनीको ठहर छ ।

सुजलले विज्ञप्तिमार्फत् भनेको छः ‘चाडबाडको समयमा सन्तुलित आहार सबैका लागि आवश्यक भए तापनि, व्यस्तताले गर्दा गृहिणीहरूका लागि यसलाई व्यवस्थित गर्न अझै चुनौतीपूर्ण बन्ने गर्छ। यस्तो अवस्थामा, चाडपर्वका विशेष परिकारसँगै सफल दहीलाई समावेश गर्न सके, परिवारका सबै सदस्यहरूका लागि पोषणयुक्त र सन्तुलित आहार सजिलै तयार गर्न सकिन्छ ।’

सुजल डेरीको उत्कृष्ट उत्पादन सफल दही, पछिल्ला १८ वर्षदेखि पोखरा र वरपरका क्षेत्रमा लोकप्रिय रहँदै आएको छ। चाडपर्वको उत्सवलाई अझ विशेष बनाउन सफल दही एक उत्तम विकल्प हो। यसमा भएको क्याल्सियम, प्रोटिन, र भिटामिनजस्ता स्वास्थ्यका लागि महत्त्वपूर्ण पोषक तत्वहरूले गर्दा यो हरेक उमेर, समूहका लागि लाभदायक हुन्छ। चाडपर्वको मिठासमा सफल दहीको समावेशले पर्व अझै स्वास्थ्यप्रद र आनन्दमय बन्नेछ।

उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै, चाडपर्वको उत्सवलाई स्वस्थ र स्वादिष्ट बनाउन सफल ब्रान्डले आफ्नो लोकप्रिय उत्पादन ’सफल दही’ अब सुगर फ्री सफल सादा दहीमा पनि उपलब्ध गराएको छ।

सफल सादा दही (सुगर फ्री) विशेषगरी मधुमेह रोगी, गुलियो कम मनपराउने व्यक्तिहरू, स्वास्थ्य सचेत मानिसहरू, र स्वस्थ जीवनशैली अपनाउन चाहने, सबैका लागि चाडपर्वमा एक उत्कृष्ट विकल्प हो। अब सुगर फ्री संस्करणको उपलब्धताले स्वास्थ्यप्रति सजग रहेका उपभोक्ताहरूलाई चाडपर्वमा सजिलै स्वस्थ रहन सहयोग पुर्‍याउनेछ ।

सफल सादा दही (सुगर फ्री) बजारमा ५०० एमएल पाउचको ८५ रुपैंया, आधा लिटर टबको १०० रुपैंया र १ लिटर टबको १९० रुपैंयामा उपलब्ध छ।

सफल ब्रान्डको स्वस्थ जीवनशैली र पोषणप्रतिको प्रतिबद्धतालाई सुगर फ्री दहीको बजारिकरणले थप प्रमाणित गरेको कम्पनीको भनाई छ। सफलको सादा दहीले (सुगर फ्री) उपभोक्ताहरुलाई अत्यन्तै रुचिकर विकल्प प्रदान गर्नेछ भन्ने कुरामा कम्पनी विश्वस्त रहेको जनाएकोछ ।

सम्बन्धित समाचारः

सफलको कुजिन लाइन सार्वजनिक

सुजल डेरीको रस बदाम ड्रिंक बजारमा

‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध

सुजल डेरीको ‘सफल ह्याप्पी गाईको शुद्ध दूध’ बजारमा

सुजलको अभियान सफल घ्यू ‘मीठो स्वाद जिन्दगीको’

सुजल फुड्सको नयाँ उत्पादन ‘Delite – Dairy Whitener’ बजारमा

पोखराको बजारमा सुजलको ‘सफल दही’ २ दशकदेखि निरन्तर

सुजल फूड्सको ‘चोकोफन बिगफन’ अब नयाँ प्याकमा

‘वन्ली चोकोफन’ नारा सहित चोकोफनको नयाँ विज्ञापन अभियान

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ