स्याङ्जा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

स्याङ्जा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

syj_karagar

स्याङ्जाको पुतलीबजार नगरपालिका -१ मा रहेको जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । वि.सं. २०३७ सालमा स्थापना भएको जिल्ला कारागारमा ५० पुरुष र १५ महिलाको क्षमता रहेको छ ।

६५ जनाको क्षमता रहेको कारागारमा अहिले एक सय ४४ जना कैदीबन्दी रहेको कारागारका जेलर दिनेश शर्मा मरासिनीले जानकारी दिए । उनका अनुसार एक सय ३९ पुरुष र पाँच महिला कारागारमा रहेका छन् ।

कारागारमा रहेका कैदीबन्दी मध्ये सबैभन्दा धेरै जबर्जस्ती करणीका ३४ जना, कर्तव्य ज्यानका २७ जना, लागूऔषधका २४ जना, हाड-नाता करणीका १३ जनासहित २७ मुद्दाका कैदीबन्दी रहेको जेलर शर्माले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ