जापानमा विमानस्थलको स्टोरबाट कैंची हराएपछि ३६ उडान रद्द

जापानमा विमानस्थलको स्टोरबाट कैंची हराएपछि ३६ उडान रद्द

japan-airport

पोखरा । जापानको एक विमानस्थलको स्टोरमा राखिएको एक जोडा कैंची हराउँदा ३६ उडान रद्द भएको छ । २०१ वटा उडान पूर्वनिर्धारित समयभन्दा ढिलो भएका छन् ।

बीबीसीका अनुसार गत शनिबार बिहान होक्काइदोको न्यू चिटोज विमानस्थलको आन्तरिक टर्मिनलको बोर्डिङ पास लिने ठाउँ नजिकको स्टोरमा राखिएको कैंची हराएको थियो । त्यसपछि, सुरक्षाको कारण देखाउँदै उडान प्रभावित भएको हो ।

सुरक्षाकर्मीहरुले विमानस्थलमा यात्रुहरुको दोहो¥याएर कडा सुरक्षा जाँच गरेका थिए । त्यसक्रममा यात्रुहरुको लामो लाइन लागेको थियो ।

बीबीसीले लेखेको छ, ‘अधिकारीहरुले त्यो दिन हराएको कैंची खोज्ने कोसिस गरेर तर भेटिएन । भोलिपल्ट त्यही स्टोरमा कैंची भेटियो ।’

भूमि, पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयले यस घटनाको छानबिन गर्न र नदोहोराउन निर्देशन दिएको छ।

न्यू चिटोस विमानस्थल जापानको सबैभन्दा व्यस्त विमानस्थलहरूमध्ये पर्छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ