पोखराबाट मुस्ताङको जोमसोम जाँदै गरेको यात्रुबस पहिरोमा परेको छ ।
म्याग्दी रघुगंगा गाउँपालिका-२ स्थित बेनी-जोमसोम सडकको सिरुबारी खण्डमा पहिरोमा गुडिरहेको बसमा मंगलबार दिउँसो माथीबाट खसेको ढुंगा लाग्दा दुई जना यात्रु घाइते भएका छन् ।
घाइते हुनेमा बेनी नगरपालिका वडा नं ४ की २१ वर्षीया पूजा खड्का र गुल्मी इस्मा गाउँपालिका वडा नं २ घर भई हाल पोखराको लेखनाथ बस्दै आएका ३२ वर्षीया मीना नेपाली छन् ।
दुवै घाइतेलाई उद्धार गरी उपचारका लागि बेनी अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिए ।
म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं २ बैसरीमा ग१ख ७७१७ नम्बरको बसमाथि आज दिउँसो करिब २ बजे पहिरो खसेको हो ।
सडक माथिबाट एक्कासि आएको पहिरोसहितको ढुंगाले लागेर साे घटना भएको प्रहरीले जनाएको छ ।
पहिरोसँगै ठूलो ढुंगो बसको ढोकैमा आएर ठोक्किएको थियो ।
बेनी–जोमसोम सडकमा गत वर्षदेखि थपिएको सिरुबारी पहिरोलाई बेनी–जोमसोम–कोरोला सडक आयोजनाले अति जोखिमयुक्त पहिरोको सूचीमा राखेको छ । सडक अवरुद्ध हुँदा हरेक दिन एक्स्काभेटरमार्फत पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने गरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला