गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा महानगरपालिकाकी एक महिला कर्मचारीको आन्तरिक सरूवा अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।
सामाजिक विकास महाशाखामा कार्यरत सातौं तहकी अधिकृत चन्द्रावती वाग्लेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको प्रशंसामा तीज गीत गाएका कारण आफूलाई सरूवा गरिएको दाबी गरेकी छन् ।
मेयर बालेनको प्रशंसामा गीत गाएका कारण एक कर्मचारीको सरुवा भएको आरोप लागेपछि पोखरा महानगरपालिकाले यसबारे प्रष्टीकरण दिएको छ ।
महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले आइतबार जारी गरेको विज्ञप्तिमा आर्थिक वर्ष २०८१।०८२ को प्रारम्भसँगै पोखरा महानगरपालिकाले ४२ जना कर्मचारीहरूको पहिलो चरणको आन्तरिक सरुवा गरेको स्पष्ट पारेका छन् ।
कुनै पनि कार्यालयले आफ्नो कामको क्षेत्रलाई प्रभावकारी तथा व्यवस्थित गर्न कर्मचारी सरुवा गर्नु नियमित प्रक्रिया भएको उनको भनाइ छ । कार्यालयले नियमानुसार गरेको कर्मचारी सरुवाको विषयलाई विषयान्तर गरी भइरहेको टीकाटिप्पणीहरू प्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको उनको विज्ञप्तिमा उल्लेख छ ।
‘यस कार्यालयले गरेको कर्मचारी सरुवा कुनै व्यक्ति वा गीतसङ्गीत प्रति लक्षित नभएको स्पष्ट पार्दै यस प्रकारका मनोगत एवं भ्रमपूर्ण टिप्पणीहरूको पोखरा महानगरपालिका खण्डन गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो जिम्मेवारी र कर्तव्यलाई मनन गरी कार्यक्षेत्रमा खट्नुहुने राष्ट्रसेवक कर्मचारीहरू माथि कुनै पनि प्रकारको भेदभाव र दुराग्रह नराखिएको तथा नराखिने समेत स्पष्ट पार्दछ ।’
सामाजिक विकास महाशाखामा कार्यरत सातौं तहकी अधिकृत चन्द्रावती वाग्लेले आफूलाई बालेनको प्रशंसामा गीत गाएका कारण सरूवा गरिएको दाबी गरेको विषय बाहिरिएकै बेला महानगरपालिकाले यस्तो बताएको हो ।
महानगरपालिकाले सरुवाको विषयमा इन्टरनेटमा अपलोड गरिएका सामाग्रीहरूमा भ्युज बढाउने मनसायबाहेक केही नभएको समेत दाबी गरेको छ ।
तीन महिनाअघि मात्रै वडा नं. ३ बाट महानगरमा ल्याइएकी वाग्लेलाई केही दिनअघि पोखरा २३ नं. वडामा सरुवा गरिएको हो । करिब ५ वर्ष वडा नं. ३ मा बसेर आएकी वाग्लेलाई तीन महिनामै फेरि वडा पठाइएको छ । २३ नम्बर वडा यहाँका ३३ वडामध्ये तुलनात्मक रूपमा अपायक मानिन्छ ।
पोखरा महानगरपालिकाले जारी गरेको कर्मचारीको पदस्थापन, सरुवा र कामकाजमा खटाउने मापदण्ड २०८० ले महाशाखा, शाखा, वडा कार्यालय, आयोग, समिति र कार्यालयमा कार्यरत कर्मचारीलाई न्यूनतम एक वर्षमा सरूवा गर्न सकिने उल्लेख छ ।
सरुवापछि आफूले महानगरमा बुझ्दा ‘सातौं तहका कर्मचारीले वडा सम्हाल्ने’ भनेर पठाइएको जवाफ पाएको चन्द्रावतीले बताइन् । तर सरूवाको लिस्ट हेर्दा सुगम भनिएका ठाउँमा समेत छैटौं तहका कर्मचारीलाई वडाको जिम्मेवारी दिइएको पाएको उनको भनाइ छ ।
वाग्लेले चर्चित कार्यक्रम गण्डकी छड्के मार्फत् काठमाडौंका मेयर बालेन शाहको प्रशंसामा गीत निकालेपछि कारबाहीस्वरूप मेयर सा’बकै निर्देशनमा वडा नम्बर २३ मा पठाइएको बताएकी छन् ।
वाग्लेले केही समयअघि ‘हिम्मतवाला बालेनको नाम इतिहासमा लेखियो, गरे जे नि हुने रैछ जे नि देखियो’ बोलको गीत निकालेकी थिइन् । उक्त गीतमा शब्द, लय र स्वर उनकै छ । यस प्रकरणले उनको गीतले मिलियिन भ्यूज क्रस गरिसकेको छ । हालसम्म झण्डै साढे ११ लाख पटक हेरिसकिएको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरा १५ बृहत् खेलकुद महोत्सवः शुक्रबार विभिन्न खेल सम्पन्न, शनिबार समापन हुँदै
पोखरामा भोलिदेखि इभी एक्स्चेञ्ज एन्ड टेस्ट ड्राइभ कार्निभल, ५ वटा ब्राण्ड एकै ठाउँ
सम्झनामै सीमित ‘पोखराको सम्झना’
पृथ्वीचोक बसपार्कमा स्थानीयको सक्रियतामा ढलानसहितको पक्की बाटो निर्माण [फोटो/भिडियो]
विदेश पलायन हुनेभन्दा देश बनाउने कुरामा ध्यान दिनुस् : प्रधानमन्त्री ओली
पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी