पोखरामा ४ दिनमा डेढ सय मोडिफाइड बाइक नियन्त्रणमा लिएर एकैसाथ सार्वजनिक

ट्राफिक कारबाही

पोखरामा ४ दिनमा डेढ सय मोडिफाइड बाइक नियन्त्रणमा लिएर एकैसाथ सार्वजनिक

करिब २२ लाख राजश्व संकलन हुने

modified bike (1)

पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड) गरिएका डेढ सय  मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

साउन ३० देखि ४ दिनमा १ सय ४९ वटा मोटरसाइल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले बताए ।

कास्कीका प्रहरी चौकी र ट्राफिक प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप परिवर्तन गरि होहल्ला गर्दै हिड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिइएको उनले बताए ।

मोडिफाइड गरिएका मोटरसाइकललाई कारवाही गर्दा करिव २२ लाख राजश्व संकलन हुने अनुमान रहेको डिएसपी शर्माको भनाइ छ ।

उनका अनुसार यसअघि कास्की प्रहरी र ट्राफिक प्रहरीले २०८० असोज २१ देखि अनुमति विना स्वरुप परिवर्तन गर्ने २२ वटा मोटरसाइकललाई कारवाही गरिएको थियो ।

स्वरुप परिवर्तन गर्ने सवारी धनी र वर्कसप सञ्चालकहरूलाई मुलुकी अपराध संहिता, २०७४ वमोजिम सार्वजनिक शान्ति भंग वा अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइने कास्की प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds