पाल्पाको लाखे नाच पोखरामा देखाइयो [फोटो फिचर]

संस्कृति

पाल्पाको लाखे नाच पोखरामा देखाइयो [फोटो फिचर]

lakhe nach citizen

तस्वीरः सञ्जय शाक्य/गण्डक न्यूज

पोखरा । पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा पनि देखाइएको छ । सिटिजन फर्निचर आयोजनामा शनिबार बेलुकी उक्त नाच देखाइएको हो ।

न्यूरोडस्थित सिटिजन फर्निचरको आँगनमा राति ८ देखि १० बजेसम्म उक्त नाच देखाएको कम्पनी सञ्चालक दीपक कार्कीले बताए । त्यसका लागि पाल्पा रिब्दीकोटस्थित श्री भीमसेन गुठी भैरवस्थान, हटियाको लाखे नाच–२०८१ टोली कलाकार, बाजागाजासहित यहाँ आएका थिए ।

युवा व्यवसायी कार्की आफैं पनि भैरवस्थानका हुन् । उनकै पहलमा अघिल्लो वर्षसमेत सिटिजन फर्निचरको आँगनमा भैरव नाच देखाइएको थियो ।

May be an image of 8 people, crowd, temple and text

आफ्नो गाउँठाउँको संस्कृति संरक्षण गर्ने तथा पोखरा र पाल्पाबीच संस्कृति आदानप्रदान गर्ने उद्देश्यले पोखरामा नाच ल्याइएको उनले बताए ।पोखरा झैं पाल्पामा नेवार समुदायको बस्ती बाक्लो छ । त्यहाँ यो नाचको ऐतिहासिक महत्व छ ।

May be an image of 13 people, trumpet, saxophone, clarinet and crowd

पाल्पाली राजा मणिमुकुन्द सेन राजा भएको बेला आफ्नो राज्य बिस्तार क्रममा काठमाडौं आक्रमण गर्दा त्यहाँको कला संस्कृतिसँग अति प्रभावित भएपछि पाल्पामा पनि नेवार समुदायका विभिन्न जात्रा एवं पर्वको प्रचलन ल्याएको किंबदन्ती छ । उनले युद्ध जितेपश्चात् मछिन्द्रनाथको पटाङ्गिनीमा रहेको भैरव मूर्तिलगायत केही कलासंस्कृति एवं काष्ठकलामा निपूर्ण नेवार समुदायलाई पनि सँगै पाल्पा लिएर आए ।

May be an image of 3 people, people dancing and crowd

५ सय वर्ष पुरानो इतिहास बोकेको उक्त नाच तानसेन एवं भैरवस्थानमा नेवार समुदायबाट गुठी स्थापना गरी चलनचल्ती सुरु गरेको पाइन्छ । पाल्पामा नचाइने लाखे नाचमा बाजाको ताल, नाच्ने कला अन्य ठाउँको भन्दा भिन्न छ । भीमसेन गुठी भैरवस्थानले यसअघि काठमाडौं, चितवन, भैरहवा, बुटवल, नेपालगञ्ज, दाङ लगायत सहर पुगेर नाच देखाइसकिएको छ ।

May be an image of 1 person and crowd

पोखरामा नाच देखाउन पाल्पाली समाज पोखरा, पाल्पा हाउस, पाल्पाली बहुउद्देश्यीय सहकारीका संस्था लि., पाल्पा कोलोनी लगायतले पनि सहकार्य गरेको पाल्पा हाउस अध्यक्ष कुलप्रसाद घिमिरेले बताए । उनले पाल्पा र पोखराबीच विभिन्न समुदायका कला, सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्दै जाने र दुई शहरलाई कला संस्कृतिसँग जो‍डेर पर्यटन प्रवद्र्धन गर्दै जाने पाल्पालीहरुको उद्देश्य रहेको बताए ।

May be an image of one or more people and crowd

यसबाट पाल्पा र पोखराबीच संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने विश्वास लिइएको पाल्पाली समाज पोखराका अध्यक्ष बालचन्द्र परियारले बताए ।

May be an image of 5 people, people dancing and crowd

पोखरामा पनि हालैमात्र प्रतियोगितात्मकरुपमा लाखे नाच देखाइएको थियो । लाखे नाच खासगरी नेवार समुदायमा पर्ने अनिष्ट निवारणको मुख्य आधार मानिँदैआएको छ । श्रावण घण्टाकर्ण चतुदर्शी अर्थात् गठेमंगलदेखि विशेष पूजा आराधनाका साथ सुरु हुने यो नाच श्रीकृष्ण जन्माष्टमीसम्म देखाउने प्रचलन छ ।

May be an image of 3 people, crowd and text

May be an image of 5 people, street and crowd

May be an image of 1 person and crowd

May be an image of one or more people, people dancing, crowd and text

May be an image of 9 people and crowd

May be an image of 6 people and people dancing

May be an image of 4 people and crowd

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय शाक्य

सञ्जय शाक्य

शाक्य पाेखराका परिचित फाेटाे पत्रकार हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds