‘द भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङलाई

‘द भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङलाई

voice_kids

काठमाडौं । ‘द भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि जितेकी हुन्।

विजेता बनेसँगै उनले ट्रफीसहित १० लाख रुपैयाँ जितेकी छिन्।

फिनालेमा ८ जना फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। जसमा कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा डोल्मा शेर्पा, कोच मिलन नेवारबाट समीक्षा दाहाल र रिन्जिन डोल्मा लामा, कोच छेवाङ लामाबाट द्वितिका प्रधान र छेसाङ तामाङ र कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा थिए।

६ देखि १४ वर्षभित्रका बालबालिका सहभागी हुँदै दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता छनोट गरिन्छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ