पोखरामा डेंगुबाट एक महिलाको मृत्यु

डेंगु प्रभाव

पोखरामा डेंगुबाट एक महिलाको मृत्यु

गण्डकीमा ज्यान गुमाउनेको संख्या ३ पुग्यो

dengue death

पोखरा । डेंगु संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ । ५२ वर्षकी एक महिलाको फिस्टेल अस्पतालमा  उपचारका क्रममा मृत्यु भएको हो ।

बिहीबार बिहान अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको हो ।

डेंगुका कारण यो वर्ष गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि तनहुँमा २ जनाको मृत्यु भएको थियो ।

प्रदेशमा तनहुँमा सबैभन्दा धेरै ८४८ जना डेंगु संक्रमित छन् । प्रदेशका ११ मध्ये मुस्ताङबाहेक १० जिल्लामा डेंगु सक्रमण देखिएको छ । ४ दिनमा मात्र प्रदेशका १० जिल्लामा सात सय १५ जनामा संक्रमण देखिएको छ ।

प्रदेशमा संक्रमितको संख्या २ हजार ८४ पुगेको छ । २८ साउनमा यो संख्या एक हजार ३६९ थियो । २९ गते एक हजार ७७२ र ३० गते एक हजार ९०८ रहेकामा ३१ गते दुई हजार ८४ पुगेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ