थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि

थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि

solu

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ थामेमा आएको बाढी हिमताल फुटेर आएको पुष्टि भएको छ ।

विज्ञहरू सहितको टोलीले शनिबार हेलिकप्टरबाट स्थलगत निरीक्षण गर्दा थामेभन्दा माथि रहेको हिमताल फुटेर बाढी आएको देखिएको हो । गाउँपालिकाले सार्वजनिक गरेको निरीक्षण गरेको भिडिओमा थामे गाउँमाथिको खुम्बु क्षेत्रका एउटा ताल फुट्दा बाढी आएको देखिन्छ।

उक्त क्षेत्रमा पाँच वटा ताल रहेको छ । अरु तालहरु पनि जोखिममा रहेको छ । बाढीले २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो ।

बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ