पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले साउनमा २७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहातका प्रहरी कार्यालयबाट खटिएकोे प्रहरी टोलीले विभिन्न मुद्वामा फरार रहेकालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला अदालत कास्कीबाट दोषी ठहर भइ कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेका प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवं प्रवक्ता बसन्तकुमार शर्माले बताए ।
२२ जना पुरुष र ५ जना महिला पक्राउ परेका हुन् । डिएसपी शर्माका अनुसार चेक अनादार मुद्वामा सबैभन्दा धेरै १३ जना समातिएका छन् ।
लागु औषध मुद्वामा ५ जना, चोरी सम्बन्धि मुद्वामा ३ जना, केही सार्वजनिक अपराध, आगो लगाएको सम्बन्धि मुद्वाका र लेनदेन विगो मुद्वाका २/२ जना पक्राउ परे ।
पक्राउ परेकाबाट ४ वर्ष ९ महिना २ दिन कैद सजाय र दुई लाख दश हजार ८२५ रुपैयाँ जरिवाना असुल गर्नको लागि अदालतमा पेश गरिएको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते