स्याङ्जामा अवैध सालका काठसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

स्याङ्जामा अवैध सालका काठसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

salko kath

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध सालका काठसहित ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका -७ मिर्मी स्थित आँधिमुहान भित्री सडकखण्डमा रुपापानीबाट कालीगण्डकी मिर्मीतर्फ जाँदै गरेको लु ४ त ६५६५ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको स्याङ्जा प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अवैध रुपमा चिरान(चारपाटे) १५.०६ क्यू फिट सात थान सालका काठ लोड गरी ट्याक्टरमा ल्याइरहेको फेला परेपछि काठसहित ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको काठसहित ट्याक्टरलाई सब-डिभिजन वन कार्यालय गल्याङमा थप अनुसन्धान तथा कारबाहीका लागि पठाइएको स्याङ्जा प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ