सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे भन्ने ठाउँमा भीषण हिम पहिरो गएको छ। हिमपहिरोपछि दूधकोसी क्षेत्रमा ठूलो बाढी समेत आएको छ।
थामे बस्तीका केही घर र होटलहरु बगाएको छ।
हिमपोखरी फुटेर भएको क्षतिबारे अहिलेसम्म थप विवरण आइसकेको छैन। सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बाढीले दुईवटा होटल बगाएको सूचना आएको जानकारी दिइन्।
उनले मानवीय क्षति भएको भन्ने सूचना भने नआएको बताइन्। प्रजिअ पाण्डेका अनुसार घटनास्थलतर्फ सुरक्षाकर्मी गइसकेका छन्।
‘हिमपहिरो आएको हो वा हिमताल फुटेको हो भन्ने यकिन हुन सकेको छैन’, उनले भनिन्।
प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिका प्रसाद घिमिरेका अनुसार अहिले विवरण संकलन गर्ने कार्य भइरहेको छ।
स्थानीय क्षेत्रमा सुरक्षा प्रदान गर्न आफूहरूको टोली खटिएको पनि उनले बताए।
दूधकोसी नदी सोलुखुम्बु र खोटाङको सिमा भएर बग्ने नदी हो।
खुम्बु पासाङ ल्यामु, माप्यदूधकोसी गाउँपालिका, सोताङ, थुलुङ दूधकोसी र नेचा सल्यान गाउँपालिका लगायतका नदी किनारका क्षेत्रमा क्षति पुग्नसक्ने अनुमान गरिएको छ।
थामेको बाढी दुधकोशीमा मिसिएसँगै दूधकोशी तटीय क्षेत्रमा जोखिम रहेकोले गाउँपालिकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन अपिल समेत गरेको छ । दूधकोशी नदी बहने सोलुखुम्बु र खोटाङ क्षेत्रका नागरिकहरुमा त्रास बढेको छ । बाढीले के कति मानवीय क्षति पुर्यायो यकिन भने हुन सकेको छैन ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने