पोखरा । पोखराका शिक्षासेवी नरनाथ भट्टराईले सम्मान वापत पाएको रकममा थप गरी विद्यालयलाई सहयोग गरेका छन्।
बाटुलेचौर निवासी भट्टराईले जोर्ज जोन शिक्षा प्रतिष्ठानवाट सम्मानित हुँदा प्राप्त गरेका नगद १० हजारमा, १० हजार थप गरी नगद २० हजार रुपैयाँ स्थानीय विन्ध्यवासिनी माविलाई सहयोग गरेका हुन्।
विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष समेत रहेका भट्टराईले विद्यालयको शैक्षिक विकासका लागि विहीबार सो रकम बराबरको चेक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र सहायक प्रधानाध्यापक रामबहादुर बानियाँलाई हस्तान्तरण गरे। कार्यक्रममा भट्टराईले विद्यालय राष्ट्रिय स्तरको नमुना विद्यालयको रूपमा चिनिएको मा खुसी व्यक्त गर्दै, आफुले गरेको सहयोग सानो भएपनि यसले महत्व राख्ने बताए। प्रधानाध्यापक आर्चायले भट्टराईले विद्यालयका हरेक गतिविधिमा सहयोग पुर्याउदै आउनुभएको भन्दै उनको सम्मानले विद्यालयको पनि गौरव बढेको बताए।
सहायक प्रधानाध्यापक बानियाँले उनमा अन्तर्निहित, उदारमना, एवं परोपकारी भावनाको उच्च मुल्यांकन गर्दै कार्यको प्रशंसा गरे। भट्टराई जोर्ज जोन शिक्षा प्रतिष्ठानको २८ औं बार्षिकोत्सवको अवसरमा, शिक्षासेवीको रूपमा सम्मानित भएका थिए।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो