पोखराका विभिन्न रात्रिकालिन व्यवसायबाट ७ जना बालिकाको उद्दार

पोखराका विभिन्न रात्रिकालिन व्यवसायबाट ७ जना बालिकाको उद्दार

baalbalika

पोखरा । पोखराका विभिन्न रात्रिकालिन व्यवसायबाट ७ जना बालिकाहरुको उद्दार गरिएको छ ।

मंगलबार राति ९ बजे पोखरा महानगरपालिका– ९ स्थित रहेको क्लव डी (Club-D) बाट ३ जना बालिका, पोखरा– ८ चिप्लेढुङ्गा स्थित रहेको गाँउ शहर दोहोरी साँझबाट २ जना बालिका र साईनो दोहोरी साँझबाट २ जना बालिकाहरुको उद्दार गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका, श्रम कार्यालय कास्की र शक्ति समुह नेपाल संस्थाबाट खटिएको संयुक्त अनुगमन टोलीले उनीहरुको उद्दार गरेको हो ।

पोखरा महानगरपालिका अन्तर्गत संचालित रात्रीकालिन व्यवसायहरुमा बालिकाहरुलाई काममा लगाएको पाइएपछि ७ जना पीडित बालिकाहरुलाई उद्दार गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds