पोखरामा प्रहरीको ‘सीआईडी हौँ’ भन्दै सर्वसाधारणलाई दुःख दिई पैसा असुल्ने दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १७ बस्ने वर्ष ३२ का सन्दिप श्रेष्ठ र वडा नम्बर ७ माछापुच्छ्रे टोल बस्ने वर्ष २६ का सरोज थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
यही साउन २७ गते दिउँसो ३ बजेर ३० मिनेटको समयमा पोखरा महानगरपालिका वडा नम्बर २ स्थित बागलुङ बसपार्कमा उनीहरुले आफुहरु सादा पोशाकका प्रहरीको सीआईडी भएको बताउँदै सर्वसाधारण नागरिकलाई दुःख हैरानी दिने गरेको सूचना प्रहरीले पाएको थियो । सो सूचना पाएपछि प्रहरीले उनीहरुको खोजी थालेको थियो ।
उनीहरुले नागरिकहरुलाई दुःख हैरानी दिई शरीरको तलासी लिई चेकजाँच समेत गर्ने, पैसा असुल गर्ने तथा कानूनी दायरामा ल्याउने भनी डर त्रास देखाई अभद्र व्यवहार गरेको सूचना प्रहरीले पाएको थियो ।
सूचना पाउनासाथ वडा प्रहरी कार्यालय बगर, कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रण लिई सोधपुछ गर्ने क्रममा प्रहरी कर्मचारीहरु माथि समेत उनीहरुले अभद्र व्यवहार गरेको प्रहरीले बताएको छ।
हाल उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूर अन्तर्गत अभद्र व्यवहार मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले बताएको छ ।
सम्बन्धित खबर
पोखरामा लागू औषधसहित २ जना पक्राउ
नवलपुरमा बाबुआमाले जाँड–रक्सी खाएर लछारपछार गर्दा चार महिने शिशुको मृत्यु
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
१३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ
प्रहरी जवानको परीक्षामा सहभागी नक्कली परीक्षार्थी पोखराबाट पक्राउ
११ वर्षीया नाबालिकलाई करणी गरेको आरोपमा स्याङ्जाका एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध