ललितपुरको इमाडोलमा सडक भासियो

ललितपुरको इमाडोलमा सडक भासियो

pic

ललितपुर । ललिपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ३ को बोझे पोखरीबाट इमाडोलतर्फ जाने भित्री सडक भासिएको छ । गएराति सडक भासिएपछि त्यहाँ गाडी चलाउन रोक लगाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

सडकमा झन्डै तीन मिटरका दुई वटा खाडल बनेका छन् । खाडलका कारण त्यो बाटो हुँदै गाडी सञ्चालन गर्न नमिल्ने अवस्था छ । वर्षाका कारण सडक भासिएको प्रहरीले जनाएको छ ।

यही साउन २५ गते काठमाण्डौ महानगरपालिका कार्यालय नजिकको सडक पनि भासिएको थियो । सडक भासिएपछि अहिले दरबारमार्गमा रहेको महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्डमा यातायात सञ्चालन बन्द गरिएको छ । त्यस क्षेत्रमा टुकुचा खोला छोपेर सडक बनाइएको कारण भासिएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ