स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी, २ जना पक्राउ

सहकारी ठगी प्रकरण

स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी, २ जना पक्राउ

Surya-bahadur-kunwar

स्याङ्जा । सहकारी ठगी प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदालत स्याङ्जाले प्रहरीको निवेदन अनुसार मंगलबार कुँवरविरुद्ध पक्राउ अनुमति दिएको हो।

प्रहरीले तीनजनालाई पक्राउका लागि अदालतसमक्ष माग गरेको थियो । पुतलीबजार–३ मा केन्द्रीय कार्यालय रहेको र बिरुवा गाउँपालिका, आँधिखोला गाउँपालिकाको जुग्ले र चापाकोट नगरपालिकाको साँखरमा शाखा रहेको सूर्योदय सहकारी ठगी प्रकरणमा मुछिएका तारेन्द्रबहादुर केसी र सन्ध्या भण्डारी पक्राउ परेका हुन् ।

स्याङ्जाको सूर्योदय बचत तथा ऋण सहकारीमा तत्कालिन सचिव हुँदा देखिएको हिनामिनाका विषयमा गाउँपालिका अध्यक्ष कुँवरमाथि उजुरी परेको स्याङ्जा प्रहरीले जानकारी दिएको छ।

सहकारीको बिरुवा सेवा केन्द्रमा बचतकर्ताको रकम हिनामिना भएको भनदै ध्रुवनारायण श्रेष्ठले यही साउन १० मा प्रहरीमा उजुरी दिएपछि स्याङ्जा प्रहरीले भोलिपल्टै केन्द्रप्रमुख जीवन वाग्लेलाई पक्राउ गरेको थियो । वाग्लेले नै गाउँपालिका अध्यक्षको नाम पोलेका थिए । मंगलबार पक्राउ भण्डारी मुक्तिनाथ विकास बैंकको बिरुवा शाखाकी कर्मचारी थिइन् ।

जिल्ला प्रहरी कार्यालय स्याङजाले सोमबार अध्यक्ष कुँवरसहित तीन जनालाई पक्राउ अनुमतिका लागि निवेदन दिएकोमा जिल्ला अदालतले अनुमति दिएको थियो । प्रहरीले सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि अध्यक्ष कुँवरलाई पक्राउ पुर्जी जारी गरिएको र फरार भएपछि खोजतलासको काम भइरहेको जनाएको छ । अध्यक्ष कुँवर कुनै बेला सहकारीका सचिव थिए ।

वाग्ले पक्राउ परेपछि नै प्रहरीले २० गतेभित्र बचतकर्तालाई उजुरी दिन आग्रह गरेको थियो । सोही आधारमा प्रदेशको सहकारी रजिस्ट्रार कार्यालयले यो सहकारीमाथि छानबिन गरेको थियो । छानबिनको क्रममा सावाँ र ब्याजसहित गरी ३ करोड ६६ लाख ९३ हजार रुपैयाँ हिनामिना भएको देखिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ