पोखरा । हाइकर्स क्लब नेपालको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. २३ को सहकार्यमा पर्यटन विकासमा हाइकिङको योगदानको चर्चा परिचर्चा कार्यक्रम तथा हाइकिङ भाग ५० पोखरा २३ बाम्दी देखि तारेभिर हुँदै घाँटीछिनासम्म पदयात्रा गरी सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले कार्यक्रमको उद्घाटन गर्दै पर्यटन र स्वास्थ्यको लागि हाइकिङ भन्ने मूलनाराका साथ हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रमले आन्तरिक पर्यटनमा ठुलो योगदान गरेको वताउँदै पोखरा २३ वडामा हाइकिङ समुह आउँदा यहाँका वासिन्दामा हौसला वढ्ने, उत्पादित कृषि तथा पशुको खपत बढ्ने वताएका थिए ।
उनले पोखरा २३ वडा सबैभन्दा ठुलो भौगोलिक क्षेत्र भएको, स्याङजा र पर्वत जिल्लाको सिमानासंग सिमाना गाँसिएको र पंचासे संरक्षित क्षेत्रमा पर्ने भएकोले पयर्टकको रोजाइमा पर्दै गएको पनि वताए ।सो अवसरमा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष एव् भिटोफ गण्डकीका संस्थापक अध्यक्ष पर्यटन व्यवसायी तारानाथ पहारीले फाट्टफुट्ट आकलझुकल हाइकिङ हुने गरको भएता निरन्तरको हाइकिङले अभियानको रुप लिएको वताए ।
सो अवसरमा ओम भण्डारी, सितला थापा, ममता पराजुली, दिलकुमारी खाँण लगाएतले हाइकिङमा सहभागि हुँदा एकआपसमा परिचीत हुनुका साथै ग्रामिण वस्ती, खेतीपाती, जडिबुटीको अध्ययन गर्न सकिने वताए । हाइकर्स क्लबका अध्यक्ष कृष्ण रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ज्योति हमालले र संचालन सचिव मधु अधिकारीले गरेका थिए ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो