मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका छन्। मधेसमा नेकपा (एमाले) का ३, नेपाली कांग्रेसका २, जनमतका २, लोसपाका एक राज्यमन्त्री थिए।
उक्त जम्बो मन्त्रीमण्डलको चौतर्फी आलोचना भएपछि मुख्यमन्त्री सिंहले राज्यमन्त्रीहरुलाई बर्खास्त गरेका हुन्। अब मधेस सरकारमा कांग्रेसका चार, एमालेका चार, जनमतका मुख्मयन्त्रीसहित तीन र लोसपाका एक मन्त्री छन्।
सिके राउत नेतृत्वको जनमत पार्टीका सांसद सिंह मधेसमा मुख्यमन्त्री छन्। उनले पछिल्लो पटक ५ जना राज्यमन्त्री नियुक्त गरेका थिए।
त्यसपछि जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरणसमेत सोधेको थियो भने सत्तारूढ नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला, नैनसिंह महरलगायतले केन्द्रीय समिति बैठकमै मधेसमा जम्बो मन्त्रिपरिषद गठन गरेकोमा आलोचना गरेका थिए।
मुख्यमन्त्री सिंहले राज्यमन्त्रीहरूलाई पदबाट राजीनामा दिन भनेका थिए। सोअनुसार सत्तारूढ नेकपा (एमाले) का तीन जना राज्यमन्त्रीले हिजो सोमबार नै राजीनामा बुझाएका थिए।
एमाले संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले पार्टीबाट राज्यमन्त्री भएकाहरूले राजीनामा दिइसकेको बताए। मधेस मुख्यमन्त्रीले अहिलेसम्मकै धेरै २० सदस्यीय मन्त्रिमण्डल बनाएको भन्दै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले आन्दोलन गर्दै आएको थियो।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की