धादिङबेसीबाट हराएका तीन बालिका बाग्लुङमा भेटिए

धादिङबेसीबाट हराएका तीन बालिका बाग्लुङमा भेटिए

dhb

धादिङ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेशीबाट गत बुधबारदेखि सम्पर्कविहीन भएका तीनजना बालिका बाग्लुङमा भेटिएका छन् ।

नीलकण्ठ बालमन्दिर माबि कक्षा ९ मा पढ्दै गरेका १४ वर्षकी रोशनी विक, सुशिला तामाङ र अस्मिता गुरुङ बाग्लुङमा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बालिकाहरू जिल्लामा आउँदै गरेको र किन र कसरी त्यहाँ पुगे त्यस विषयमा उनीहरू जिल्ला आएपछि थाहा हुने प्रहरीले जनाएको छ ।

उनीहरु साउन २३ गते बुधबार बिहान १० बजे विद्यालय जान भनेर घरबाट निस्केको र त्यसपछि उनीहरु बिद्यालय समेत नगई सम्पर्क विहीन भएका थिए ।

अभिभावकहरुले बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङमा बालिकाहरु हराएको भन्दै खोजीका लागि निवेदन दिएका थिए ।

उनीहरूको खोजीका लागि सादा पोसाकमा समेत प्रहरी परिचालन गर्नुका साथै छिमेकी जिल्लाहरुमा समेत जानकारी गराई सहयोग मागिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ