पोखरा । पोखराको पर्यटन प्रवद्र्धनका लागि भारत भ्रमणमा रहेको ‘डुलुवा’ टोली कन्याकुमारी पुगेको छ । पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि साउन १७ मा पोखराबाट प्रस्तान गरेको थियो । उनीहरु कास्कीकोटको कालिका मन्दिरमा पुजा गरेर हिडेको टोली कन्याकुमारीमा पुगेको छ ।
उनीहरुले विहार प्रदेश, पश्चिमा बंगाल, भारखण्ड, उडीसा, तामील नाडु प्रदेशको यात्रा गर्दै कन्याकुमारी पुगको टोलीका सदस्य ठाकुर बरालले जानकारी दिए । उनीहरुल अहिले सम्म ४५ सय किलोमिटरका यात्रा पुरा गरीसकेका छन् । उनीहरु केटुकेको यात्रा पुरागरी केरला, गोवा, मुब्बइ, दिल्ली, जयपुर, गोरखपुर, सुनोली हुदै पोखरा फर्किने बरालले बताए ।
भ्रमणका क्रममा स्थानीय जिवनशैली, रितिरिवाज, पर्यटन व्यवसायी सगँ छलफल गरेको टोलीका संयोजक योगश भट्टराईले जानकारी दिए । उनले भ्रमणले पर्यटकी राजधानी पोखराको पर्यटन प्रवद्र्धधनमा टेवा पुगेको विश्वास व्यक्त गरे ।
नेपालको कास्कीकोट देखि भारतको कन्याकुमारी सम्मको भ्रमणलाई ‘केटुके’ नाम दिएर पर्यटन प्रवद्र्धनात्मकमा निस्किएको हो । भ्रमण अगष्ट १ देखि शुरु भएर २५ अगष्टमा पोखरा मानै आएर टुङ्गिने छ ।
टोली १९ जनाको छने भने ४ वटा गाडीमा उनीहरुले यात्रा गरीरहेका छन् । ‘डुलुवा’ अभियानको मुख्य उद्देश्य नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरताको प्रचार गर्दै भारतीय पर्यटकहरूलाई बढ्दो साहसिक पर्यटनका सम्भावनाबारे जानकारी गराउने संयोजक भट्टराईको भनाई छ ।
टोलीले हरेक सहरमा स्थानिय व्यवसायी र पत्रकारसँग छलफल तथा अन्र्तक्रिया गर्दै आगडी बढेको उनले बताए । नेपाली संस्कृतिमा प्रचलित ‘डुलुवा’लाई युवालक्षित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सन २००८ मा यो स्थापना भएको हो । ‘डुलुवा’ ले नेपालका ७० जिल्लाको भ्रमण गरिसकेको छ भने विदेशमा भारतको लेहलद्दाखसम्मको यात्रा गरिसेको छ ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो