कुवामा पानी भर्न गएकी लीलादेवीको रुखले किचेर मृत्यु

कुवामा पानी भर्न गएकी लीलादेवीको रुखले किचेर मृत्यु

sab laas

लमजुङमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ ।

आज साँझ ५ बजे सुन्दरबजार नगरपालिका-१ कुन्छाका ८२ वर्षीय लीलादेवी मिश्रको रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ ।

प्रहरी निरीक्षक थानेश्वर चपाईंले मृतक मिश्र घरदेखि एक सय मिटर दूरीमा रहेको कुवामा पानी भर्न जाने क्रममा रुख ढलेर किच्दा घटनास्थलमै मृत्यु भएको हो ।

कुवाभन्दा अन्दाजी १० मिटरमाथि रहेको काब्रोको रुख एक्कासि ढलेर किचेको हो । पानी परिरहेकाले जमिन भासिँदा रुख ढलेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ