पोखरास्थित बुद्ध टोल युवा क्लब (बिटी) ले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय चार युनिट रगत संकलन भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १ टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो ।
क्लब अध्यक्ष अशिम थापाले आगामी वर्षमा निरन्तर रक्तदान कार्यक्रम आयोजना गर्ने बताए ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा-१ का वडाध्यक्ष शाहरा प्रधानले सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे । उनले क्लबको सकारात्मक र रचनात्मक कार्यमा सधैँ साथ दिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा पोखराले प्राविधिक सहयोग गरेको सचिव रेशम सापकोटाले बताए ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते