साउनको अन्तिम सोमबार देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लाग्यो । सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक ब्रत समाप्त गरेका छन् ।
काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको तौलेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनिसोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको थियो । रुपन्देहीको परमेश्वर बाेलबमधाममा पनि दिनभर जसो श्रदालुहरुको घुईँचो लागेको थियो ।

साउन अन्तिम सोमबार हजारौं भक्तजनले पोखराको केदारेश्वर मन्दिर, हरिहर मन्दिर, विन्ध्यवासिनी स्थित शिव मन्दिर लगायत सबै शिव मन्दिरहरूमा दर्शन गरेका छन् । शिवलिंगमा जल चढाउन तथा पूजाआजाका लागि भक्तजन बिहानदेखि नै लाइन बसेका थिए ।
‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ यसपालिको २१ औं संस्करणको बोलबममा अन्य सोमबारको तुलनामा भक्तजनको भीड बढेको केदारेश्वर महादेवमणि सेवाश्रम समितिले जनाएकाे छ ।

सदाझैं सेतीनदीकिनरा गाईघाटमा पवित्र जल उठाई भक्तजन बाजागाजाका साथ भजनकीर्तन गर्दै फेवाताल किनार केदारेश्वर मन्दिरमा पुगेका थिए । मन्दिरमा विदेशी पर्यटकको पनि उपस्थिति पनि उस्तै थियो । उनीहरु भजनमा नाचेर दंग परे ।
गाईघाटमा १०८ धारामा स्नान, ८ किमी पैदलयात्रासहित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण गर्न पाइने हुँदा आठ संयोगका कारण केदारेश्वरको महत्व बढेर गएको छ ।

सोमबार विभिन्न धार्मिक स्थलहरुमा स्नान गरी त्यहाँको जल लगेर महादेवलाई चढाए चारधाम गएसरहको पूण्य प्राप्त हुने तथा सुख संमृद्धि मिल्ने धार्मिक विश्वास छ । साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ । त्यसमा सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ ।
विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ सोमबारमा शिवको आराधना गर्दछन् ।
















सम्बन्धित खबर
पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ चैत २२ गते पोखरा सभागृहमा, प्रवेश निःशुल्क
गण्डकीका ८ जिल्ला खेलकुद विकास समितिले पाए पदाधिकारी
पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्दै टेवान पोखरा बन्दीपुरमा
पोखरा १२ मा कौसी खेतीका लागि तालिम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व: ७९ लाख सामाजिक सेवामा खर्च
पोखरामा स्कुटर चोरीमा संलग्न पक्राउ परेका ८ मध्ये ७ जना बालक
यो पनि पढौँ
ज्ञानेन्द्र र परिवारका सुरक्षाकर्मीहरू व्यापक कटौती, १५५ जनामा अब १५ मात्रै
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरामा स्कुटर चोरीमा संलग्न पक्राउ परेका ८ मध्ये ७ जना बालक
प्रतिभा माविका १२ कक्षाका विद्यार्थीलाई बिदाई