मौलिक तीज गीत ‘अरे लालुमै’ [भिडियो]

मौलिक तीज गीत ‘अरे लालुमै’ [भिडियो]

पछिल्लो समयमा तीज गीत विकृत बनिरहेका बेलामा ‘अरे लालुमै’ ले परम्परागत तीज गीतको झल्को दिएको छ ।

हालै सार्वजनिक यस गीतलाई सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। गीत डिजिटल स्टारको च्यानलबाट सार्वजनिक गरिएको हो ।

शान्ति डोटेल, सुनिता नेपाली र कमला न्यौपानेको स्वर रहेको यस तीज गीतको भिडियो पनि राम्रो बनेको छ । यस मौलिक गीतमा रमेश बिजीको शब्द रहेको छ भने संगीत सुर्य प्रसाद पाण्डेय र शान्ति डोटेलको रहेको छ।

पोखरामा लोकप्रिय रहेको डिजिटल रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गरिएको हो । गीतमा तारानाथ आचार्यको म्युजिक एरेन्ज रहेको छ ।

यस्तै, मोडल अस्मिता रनपाल, मिलन दुलाल , माया गिरी र मुन्द्रेमान श्रेष्ठ फिचर्ड रहेको भिडियो रूचाइएको छ ।  भिडियो तारानाथ आचार्यले निर्देशन गरेका हुन् ।गणेश सापकोटाले खिचेका हुन् भने तारानाथ आचार्यले आफै सम्पादन गरेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds