जङ्गली च्याउ खाँदा गुल्मीमा एकै घरका ८ जना बिरामी

जङ्गली च्याउ खाँदा गुल्मीमा एकै घरका ८ जना बिरामी

Himali chyau

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका– ८ खानीगाँउमा जङ्गली च्याउ खाँदा एकै घरका ८ जना बिरामी परेका छन् ।

रेसुङ्गा सामुदायिक वनबाट टिपेर ल्याएको डल्ले च्याउ जस्तो देखिने जङ्गली च्याउ खाँदा गएराति आठै जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बिरामी पर्नेहरूमा स्थानीय ६५ वर्षका टोमबहादुर थापा, उनकी श्रीमती ६२ वर्षकी दिलकुमारी श्रीस, छोराहरू ३८ वर्षका लक्ष्मण र २९ वर्षका विकास थापा, छोरी ४२ वर्षकी सिर्जना काउछा, नातिनीहरू १० वर्षकी दिपशिखा थापा र १२ वर्षकी बिनिसा थापा तथा पाहुना बस्न आएकी ३९ वर्षकी गीता थापा रहेका छन् ।

उनीहरुको जिल्ला अस्पताल तम्घास गुल्मीमा सामान्य उपचार पश्चात थप उपचारको लागि पाल्पा लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds