पोखराका निवर्तमान मेयर मानबहादुर जिसीलाई मातृशोक

पोखराका निवर्तमान मेयर मानबहादुर जिसीलाई मातृशोक

man gc mother

पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीलाई मातृशोक परेको छ ।

जिसीकी ९१ वर्षकी माता मानकुमारी जिसीकोआइतबार साँझ ६ बजेतिर आफ्नै निवास पोखरा वडा नं. २८, देउमाडीमा निधन भएको हो । माता जिसी केही समयदेखि अस्वस्थ रहेकाे बताइन्छ ।

स्व. मानकुमारीको सोमबार बिहान देउमाडीस्थित घरबाट शवयात्रासहित अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।

मानकुमारीका पति नरबहादुर, जेठा छोरा मानबहादुर, माइला सूर्यबहादुर, साइला कृष्णबहादुर र कान्छा रामबहादुर जिसी छन् । एक छाेरी तीर्थकुमारी बराल छन् ।

यसैबीच, नेकपा एमाले पोखरा महानगर कमिटीले पोखराका निवर्तमान मेयर मानबहादुरकी माता एवं पार्टीका असल अभिभावक मानकुमारीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी अध्यक्ष जीवन आचार्यले मानकुमारीको निधनले एमालेका लागि अपूरणीय क्षति पुगेको उल्लेख गरे ।

यस्तै, नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ का सचिव सरोज केसीले मानकुमारीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ