अर्जुनचौपारीमा दोस्रो रमाइलो तीज मेला हुने

अर्जुनचौपारीमा दोस्रो रमाइलो तीज मेला हुने

Teej_mela_ajp

स्याङ्जाको अर्जुनचौपारीमा रहेको दलित उत्थान केन्द्रले दोस्रो रमाइलो तीज मेलाको आयोजना गर्ने भएको छ ।

महिला दिदिबहिनीहरुको महान चाडका रुपमा मनाइने हरितालिका तिजको अवसर पारी रमाइलो मेलाको आयोजना गरिएको दलित उत्थान केन्द्र अर्जुनचौपारीका अध्यक्ष दिपक विकले जानकारी दिए ।

यहि भदौ २१ गतेका दिन आयोजना गरिने रमाइलो मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, पालिकाभित्रका आमा समूहहरुबीच तीज गित प्रतियोगिता, नृत्य प्रतियोगिता, घैंटो फुटाउने, भाले छोप्ने प्रतियोगिता तथा विभिन्न कार्यक्रमहरु गरिने अध्यक्ष विकले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ