स्याङ्जामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

दुर्घटना

स्याङ्जामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

chapakot_tractor_pic

स्याङ्जाको चापाकोट नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पा जिल्लाका रामपुर नगरपालिका -४ देवीस्थान घर भई चापाकोट नगरपालिका -१० बोटेटार बस्ने २८ वर्षीय महेन्द्र दमाई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।

चापाकोट नगरपालिका -१० बायोडाँडा स्थित भित्री सडकखण्डमा बारीकुनाबाट माटो लिई चापाकोट जाँदै गरेको लु ४ त २२१ नम्बरको ट्याक्टर आइतबार बेलुकी अचानक सडकको कुना भित्तामा ठोकिँदा दुर्घटना भएको निरीक्षक श्रेष्ठले बताए ।

उनले दुर्घटनामा घाइते भएका चालकलाई चापाकोट अस्पतालमा उपचारको लागि लगेकोमा डाक्टरले मृत घोषणा गरेको बताए । उक्त घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds