पोखरा । न्याय परिषद्को बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले उनीहरूको सिफारिस गरेको हो । यसरी सिफारिस हुनेमा यसअघि जिल्ला न्यायाधीशको परीक्षामा सहभागी भई असफल भएकाहरू पनि अटाएका छन् । उच्च र सर्वोच्च अदालतमा पनि न्यायाधीश रिक्त रहेका छन् ।
उच्च अदालतमा १० र सर्वोच्च अदालतका ४ जनाको पद रिक्त रहेको छ । न्यायाधीश अभावको समस्या सबैभन्दा धेरै सर्वोच्चले भोगिरहेको छ । तर परिषद्ले जिल्लाबाट नियुक्तिको थालनी गरेको हो ।
उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा डा. रत्नबहादुर बागचन्द आउने भएका छन् । उनी उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश थिए । उनको ठाउँमा यहाँका का.मु.न्यायाधीश राजनप्रसाद भट्टराई गएका छन् ।
राजस्व न्यायाधीकरण पोखराको कानुन सदस्य एवं अध्यक्ष पदमा अब भट्टराईको सट्टामा उच्च अदालत पोखराकै न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय भएको छ ।
कास्की जिल्ला अदालतमा डोल्पाबाट भोलानाथ ढकाल, अर्घाखाँचीबाट कृष्णजंग शाह आउने भएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको डँडेलधुरा जिल्ला अदालतमा सरुवा भयो । उच्च अदालत पोखरा, बागलुङ इजलासमा सर्वोच्चका इजलास अधिकृत लालसिंह थापा आउने भएका छन् ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने