पोखरा । गण्डकी पज्ञा प्रतिष्ठानका कुलपति सुर्यबहादुर खड्का बिखर्चीले मगर समुदायको भाषा संरक्षणका लागि सहयोग गर्न तयार रहेको बताएका छन् ।
नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समितिको आयोजना र जिल्ला समितिको सहकार्यमा भएको एक महिने मगर ढुट (भाषा) कक्षाको समापन समारोहमा बोल्दै कुलपति बिखर्चीले मगर समुदायको भाषा, कला संस्कृतिको संरक्षणमा पज्ञा प्रतिष्ठान सहयोग गर्न तयार रहेको बताए । ‘धेरै जातजाति मिलेर बनेको नेपालमा एउटा मगर समुदाय पनि महत्वपूर्ण जाति हो, गण्डकी प्रदेशमा पनि मगर समुदायको भाषा उत्थानका निम्ति कुनै भेदभाव नगरी गण्डकी पज्ञा प्रतिष्ठान सहयोग गर्न तयार छ, कुलपति बिकर्चीले भने, ‘गण्डकी पज्ञा प्रतिष्ठान कला संस्कृति, भाषा साहित्यको संरक्षण निम्ति हो , त्यसमा पनि मैले कसैलाई भेदभाव नगरी सहयोग गर्ने प्रण गरेको छु र आज पुनः दोहो¥याएको छु ।’
गण्डकी पज्ञा प्रतिष्ठानका कुलपति बिखर्चीले गण्डकी पज्ञा प्रतिष्ठानले मगर समुदायको इतिहासको बारेमा पुस्तक प्रकाशित गरिसकेको समेत बताए । ‘गण्डकी प्रज्ञा प्रतिष्ठानले भाषा, कला संस्कृति र साहित्यको कुरा गर्दा मगर जातिको किताब पहिलो रुपमा निकालेको हो, प्रज्ञा प्रतिष्ठानले मगर जातिको इतिहास भनेर किताब निकालेको हो, त्यो तपाईहरुको लागि यो सहयोग हो र हाम्रो लागि अमूल्य सम्पत्ति हो ।’, उनले भने ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका अध्यक्ष एमव् मगर ढुट (भाषा) प्रशिक्षक रुद्र श्रीस मगरले मगर भाषाको आधारभुत तहको ज्ञान लिने अवसर भएको बताए । ‘यो एक महिना मगर भाषा सिक्नका लागि त्यति प्राप्त समय त होइन तर अहिले जुन मगर भाषाको पाठ्यक्रम तयार भएको छ त्यसमा रहेर हामीले आधारभुत तहको ज्ञान लिने अवसर पाएका छौं ।’ श्रीस मगरले भने । ‘एक महिनासम्म सञ्चालन भएको मगर भाषा कक्षाबाट विद्यार्थीहरुले अरुले सिकेका ज्ञानलाई व्यवहार उतार्न सके सिकाईको उपलब्धी हुन्छ ।’
पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा अध्ययनका लागि देशका विभिन्न जिल्लाबाट आएका मगर विद्यार्थीहरुलाई लक्षित गरेर एक महिना मगर ढुट (भाषा) कक्षा सञ्चालन गरिएको क्याम्पस समितिका उपाध्यक्ष इन्द्रा थापामगरले बताईन् ।
‘मगर समुदायमा विशेष गरी तीन वटा मातृभाषा रहेका छन्, गण्डकी प्रदेशको ११ जिल्ला मध्य बागलुङको पश्चिम क्षेत्र बाहेक अन्य क्षेत्रमा मगर ढुट (भाषा) बोल्ने मगर समुदायको बाहुल्यता रहेको छ’, थापामगरले भनिन्, ‘मगर समुदायको मातृभाषा पुस्तान्तरण नहुँदा लोप हुुँदै गएकाले संरक्षणका लागि क्याम्पसमा १ महिना सम्म मगर ढुट (भाषा ) प्रशिक्षण सम्पन्न भएको बताईन् ।
असार २० गतेदेखि सुरु भएको मगर भाषा कक्षामा ३९ जनाको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो