नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भयो ।
बुधबार काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी जाँदै गरेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा चार जना चिनियाँ र एक नेपाली नागरिकको मृत्यु भएको हो।
घटनास्थलमा पुगेको नेपाल प्रहरीको टोलीले खिचेको तस्वीरमा देखिएअनुसार, दुर्घटनामा एयरडाइनस्ट्रीको हेलिकप्टर टुक्राटुक्रा भएको छ ।
प्रहरीले घटनास्थलबाट ५ जनाको शव निकालेको थियो ।

हेलिकप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए भने चिनियाँ नागरिकहरू जुदाड टाङ, जिली, यियाद वु र जेमिङ सवार थिए। उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको हो।
यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो। बुधबार दिउँसो २ बजेर २० मिनेटमा हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ।

दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरू उद्धारमा खटिएका थिए।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले शवको प्रकृति हेरेर पोस्टमर्टमका लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइँदैछ ।



सम्बन्धित खबर
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
दाङमा रात्रीबस दुर्घटना हुँदा १५ जना घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
नवलपुरमा ट्रिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते