शेयर बजार १०८ अंक बढ्यो, कारोबार घट्यो

शेयर बजार

शेयर बजार १०८ अंक बढ्यो, कारोबार घट्यो

करेक्सनपछि उच्च अंकले लयमा फर्कियो शेयर बजार

share market

साताको तेस्रो कारोबार दिन बुधबार नेप्से सूचक उच्च अंकले बढेको छ । नेप्से सूचक १०८.३५ अंकले बढेर २ हजार ७५९.३५ विन्दुमा आइपुगेको छ । अघिल्लो दिन मंगलबार १४५ अंकले करेक्सन आएको बजारमा यो दिन लगानीकर्ता कारोबारको शुरुवाती समयदेखि नै सम्हालिएका थिए ।

यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि १८.९० अंकले बढेर ४८३.४६ विन्दुमा पुगेको छ ।अघिल्लो दिन ठूलो अंक अर्थात् २३ अर्ब ७१ करोडको एतिहासिक कारोबार भएको थियो।

लगानीकर्ता बीच प्रोफिट बुक गर्ने प्रतिस्पर्धाले यो दिन पनि शेयर बजारमा निकै दबाब देखिएको थियो। अघिल्लो दिनको तुलनामा घटेको  कारोबार रकमले गर्दा  लगानीकर्ताले प्रोफिट बुक गरिसकेको हुँदा नयाँ लगानीकर्ताहरुले भने यो दिन  लगानी बढाएका छन् । यो दिन बिक्रेतादरभन्दा खरिदकर्ता बढी मात्रामा  हाबी भएका छन् ।

यो दिन ३३० वटा कम्पनीको ३ करोड ८० लाख कित्ता शेयर खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको छ । मंगलबार २३ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको थियो ।

आज कुल २३९ कम्पनीको सेयर मूल्य बढ्यो भने ३ कम्पनीको मात्रै मूल्य घट्यो ।

आज सबै उपसमूहहरु बढ्यो । त्यसमध्ये सबैभन्दा बढी जिवन बिमा ५१०.९८ र निर्जिवन बीमा ४००.५७ अंकले बढ्यो । होटल तथा पर्यटन ३६७.५०, उत्पादन तथा प्रशोधन २६४.०७, फाइनानस २३८.२६, विकास बैंक २२९ .९४ अंकले बढ्यो ।

बोटलर्स नेपाल (बालाजु), गुडविल फाइनान्स, समृद्धि फाइनान्स कम्पनी, प्रोग्रेसिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, मैलुङ खोला जलविद्युत् कम्पनी, दोल्ती पावर कम्पनी, सिटि होटल, हिमालयन रिइन्स्योरेन्स कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो ।

कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, सानिमा माइ हाइड्रोपावर कम्पनी अघि रह्यो । हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँको कारोबार भयो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ