पोखरा । क्षेत्री समाज नेपाल, कतार शाखाले आफ्नो १४ औँ स्थापना दिवस सहित विशेष अन्तराष्ट्रिय क्षेत्री भेला कतारको दोहामा सम्पन्न गरेको छ ।
क्षेत्री समाज नेपालको आधिकारीक शाखा मान्यता पाएको कतार समाजले १४ वर्षदेखि विविध सामाजिक र मानविय कार्यहरु गर्दै आएको संस्थापक उपाध्यक्ष हंशराज ढकालले बताए ।
सो कार्यक्रमको शुभारम्भ गर्दै समाजका केन्द्रिय अध्यक्ष रिव बहादुर थापाले कतारमा रहेका क्षत्रीहरुले गरेको योगदान महत्वपूर्ण रहेकोले समाजलाई अगाडी बढाई क्षत्रीको पहिचानलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउनु पर्ने बताए ।
क्षेत्री समाज नेपालूका केन्द्रिय महासचिव कृष्ण बहादुर थापाले समाज मार्फत नेपालमा गरिएको कार्यक्रमको जानकारी गराउदै अन्तराष्ट्रिय स्तरमा शाखाले सहभागीता र महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताए । श्रमजीवी नेपालीको समस्या के छ, नेपाल सरकारले के गर्नुपर्छ सो लाई केन्दिय समितिमार्फत पहल कदमी गरीने थापाले बताए । क्षेत्री समाजलाई विश्वभर विस्तार गर्ने योजना अनुसार आगामी ११ तारीख जापानमा तदर्थ समिति गठन हुने रहेको समेत थापाले बताए ।

सो कार्यक्रममा कतार शाखाका अध्यक्ष श्यामकुमार डागीलाई शाखा मान्यता, लोगो सहितको ब्याज, वितरण कार्यक्रम निर्देशिका र संस्थापक उपाध्यक्ष हंशराज ढकाल क्षेत्रीलाई कतार सहित दुबई, स्पेन, बेल्जियम, बेलायतको अन्तराष्ट्रिय इन्चार्ज, जिम्मेवारी पत्र, सहित कार्यक्रम निर्देशिका वितरण गरीएको थियो ।
कतार शाखाका अध्यक्ष श्यामकुमार डागीको अध्यक्षतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली राष्ट्रिय परिषदका प्रथम उपाध्यक्ष कृष्ण पन्थी, नेपाल पत्रकार महासंघ कतारका उपाध्यक्ष अर्जुन पौडेल, कतार एकता समाजका प्रतिनिधि कमल आचार्य, गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेल, जनप्रगतिशील मञ्च कतारका अध्यक्ष राज देवकोटा, प्रवासी नेपाली मञ्चका पुर्ब अध्यक्ष चानक पोख्रेल, अन्तराष्ट्रिय रक्तदाता समुहका सचिव कल्याण थापा, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष शिवराम ढकाल, नेपाली महिला समाजको अध्यक्ष लोकमाया के।सी।, आदीवासी जनजाती महासंघ कतारका अध्यक्ष डिएन मगर, अन्तराष्ट्रिय नेपाली समाजका महासचिव धुर्ब क्षत्री तथा प्रवासि नेपाली एकता मञ्चका प्रमुख सल्लाहकार गणेश ढकाल लगायतले कतारमा नेपालीको अवस्थाको बारेमा धारणा राखेका थिए ।

समाजको दोश्रो संशोधित विधान संयोजक आरसी पन्थ, पूर्व अध्यक्ष रेशम बस्नेत, संरक्षकहरु क्रमस सागर नेपाल, नरेन्द्र भाट, चुडामणी कार्की, सचिव शिवलाल केसी लगायतले समाजको जानकारी गराएका थिए । कार्यक्रममा कलाकारहरुले राष्ट्रियता झल्कने गीत, नृत्य,नाटक प्रस्तुत गरेका थिए। सो अवसरमा समाजका केन्द्रिय अध्यक्ष रिव बहादुर थापा र महासचिव कृष्ण बहादुर थापालाई सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा पर्यटकीय स्थल आलिताल अवलोकन भ्रमण
ज्वाइँसँगको अवैध सम्बन्धका कारण ६९ वर्षका प्रेमीको हत्या
बढ्यो इन्धनको मूल्य
आगलागीबाट घाइतेलाई काठमाडौं लैजाँदै गर्दा बाटोमै अस्ताए एकै परिवारका तीन जना
नागरिकतामा बुवाको नाम अनिवार्य नहुने व्यवस्था गरिँदै
रविबारे रुपन्देही जिल्ला अदालतले दिएको आदेशमा के छ ? [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने