पोखरा । पोखराको लामाचौरमा हरेक वर्ष हुने तिज महोत्सव तथा महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताको मिति घोषणा भएको छ । नव आदर्श सामुदायिक समाज स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता यही आउँदो भाद्र १९ गते देखि २१ गते सम्म हुने भएको समाजले जनाएको छ ।
महिलाहरूको महान् पर्व हरितालिका तिज पर्वको अवसरमा पोखरा लामाचौर स्थित ईन्द्रराज्य लक्ष्मी माविको परिसरमा सञ्चालन हुन राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबले प्रतियोगितामा पुरुष तथा महिला तर्फ करिब ५÷५ टिमको सहभागिताको लागी पत्राचार गरिएको समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले बताए। प्रतियोगितामा पुरुष तर्फ नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र मणिमुकुन्द भलिवल क्लब त्यस्तै महिला तर्फ त्रिभुवन आमी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, न्यू डायमण्ड एकेडेमी र एभरेष्ट भलिवल क्लबलाई सहभागीताको लागी आमन्त्रण गरिएको पनि अध्यक्ष भण्डारीले जनाकारी दिए।
लिगकम नकआउटका आधारमा संचालन हुने उक्त प्रतियोगिता भदौ १८ गते देखि सुरु गर्ने तयारी रहेकोे छ । महोत्सवको अवसरमा राष्ट्रिय भलिबल सहित अन्तर महिला समूह तिज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, औद्योगिक तथा विभिन्न व्यापारिक स्टलहरू, विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको प्रस्तुती संगै शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई सम्मान र छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने संस्थाका प्रथम उपाध्यक्ष दिनेश भण्डारीले बताए ।
यसैबिच आइतवार(हिजो) समाजले कार्यसमिति, सल्लाहकार, पुर्व अध्यक्ष लगायत सम्पूर्ण समिति र उपसमिति संयोजक सहितको सयुक्त भेला आयोजना गरी महोत्सबको तयारी सम्बन्धि बृहत छलफल गरेको छ । छलफलमा आफ्नो भनाई राख्दै पोखरामहानगर पालिका वडा नं. १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले अहिलेको प्रतिकुल व्यवसायिक अवस्थामा मेला महोत्सव सम्पन्न गर्न धेरै चुनौती रहेता पनि लामाचौर तिज महोत्सव एउटा ब्राण्ड नै बनिसकेकोले यसलाई सम्पन्न गराउन सबै एकजुट भएर लाग्नु पर्ने बताए । महोत्सवको मिति नजिकिदै गइरहेको अवस्थामा सबै समिति, सल्लाहकार र उपसमितिहरुबाट बिगतका वर्षहरुमा झै यस वर्ष पनि सक्रियताका साथ सहयोग प्राप्तहुने विश्वास व्यक्र गरे।
राष्ट्रको कला र संस्कृतिको संरक्षणार्थ समाजले २०५४ सालदेखि नै “मौलिक संस्कृतिको जगेर्ना गरौ” भन्ने मुल नाराका साथ महिला हरुको महान पर्व हरितालिका तिजको अवसरमा तिज महोत्सव संचालन गर्दै आइरहेको छ।
उक्त कार्यक्रममा नव आदर्श सामुदायिक समाजले लामाचौर स्थित गण्डकी आवासिय माध्यामिक विद्यालय तथा गण्डकी कलेज अफ इन्जिनियरिङ साइन्सका नव नियुक्त प्राचार्य डा. विश्व उदिर पौडेल क्षेत्रीलाई स्वागत समेत गरेको थियो ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने