पोखराबाट दिपजल ६ दिनदेखि सम्पर्कविहीन, खोजीका लागि परिवारको आग्रह

पोखराबाट दिपजल ६ दिनदेखि सम्पर्कविहीन, खोजीका लागि परिवारको आग्रह

dipjal

पोखरा । छोरा हराएपछि खोजीका लागि एउटी आमाले सहयोगको याचना गरेकी छन् ।

कास्कीको रुपा गाउँपालिका वडा १, फल्याङकोट घर भई हाल पोखरा ५, मालेपाटनस्थित धर्मस्थल स्कुल कक्षा ७ मा पढ्ने १५ वर्षीय दिपजल नेपाली ६ दिनदेखि बेपत्ता छन् ।

गत १६ साउन साँझ आफू कामबाट फर्किंदा छोरा डेराकोठामा नभएपछि उनले आफन्त, छरछिमेक, स्कुल परिवार सबैतिर खोजतलास सुरु गरिन् । तर, नभेटिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन समेत दिएको आमा धारा नेपालीले बताइन् ।

कक्षा ७ मा पढ्ने दिपसन घरका जेठा छोरा हुन् । उनका भाइ छन् । बाबुले पहिले नै छाडेर गएपछि उनकी आमाले टेलरिङमा काम गरेर २ छोरालाई शिक्षा दीक्षा र पालनपोषण गर्दै आएकी छन् । नेपाली परिवार पोखरा नालाकोमुख, तेर्सापट्टी बस्दै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ