अभिनेता रमित ढुंगानाको निर्माण र निर्देशनमा बनेको फिल्म ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउँदैछ ।
वर्तमान प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मको अभिनयका कारण चर्चामा रहेको फिल्मको सोमबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । एसिड पीडितको पीडाभाव दर्शाइएको पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओली औँला ठड्याउँदै चेतावनी शैलीमा प्रस्तुत गरिएको छ ।
एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथामा आधारित भएर बनेको फिल्ममा प्रधानमन्त्री ओलीसहित पूर्व प्रधानमन्त्री माधव नेपाल, राप्रपाका सांसद ज्ञानेन्द्र शाही, मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, प्रभात पल ठकुरी, आरती आचार्य, सुरवीर पण्डित, सुनिल कटुवाल, अपेक्षा न्यौपाने, क्रान्ति शाह लगायतको अभिनय छ ।
यसमा शिवम् अधिकारीको लेखन छ । उनले पटकथा लेखनमा मात्र साढे २ वर्ष लगाएका थिए । रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको ‘नमेटिने घाउ’मा नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन, ओम सुनारको संगीत तथा किरण ढकालको द्वन्द्व निर्देशन छ । दर्जनौं म्यूजिक भिडियोको निर्देशन गरिसकेका रोजल थापा ‘नमेटिने घाउ’को सहायक निर्देशक हुन् ।
सम्बन्धित खबर
सर्वोच्चले पुनर्बहाली गरेपछि शाक्यले सम्हाले प्राधिकरणमा कार्यकारी निर्देशकको पद
बहुविवाह कसुरमा डीएसपी नेपाल पक्राउ
स्याङ्जामा बालिका र किशोरीलाई आत्मरक्षा तालिम
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
हेटौँडामा बिहानै भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरू
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ