पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ खाँदरजुंगस्थित घोप्टेडाँडामा शिवजीको विशाल मूर्ति स्थापना गरिने भएको छ ।
सो डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्य अनुरुप शिवजीको मूर्ति राख्न लागिएको हो । घोप्टेडाँडामा भगवान् शिवजीको बास रहेको धार्मिक मान्यता रहँदै आएको छ ।
स्थानीय शिवालय मन्दिर व्यवस्थापन समितिले पर्यटन प्रवर्द्धनको योजना अघि बढाएको हो । त्यहाँ शिवजीको विशाल मूर्ति स्थापना गरिनुका साथै ज्योतिलिंगसहित एक सय आठ शिवलिंग स्थापना र मन्दिरको छाना पनि ताम्रपत्रले छाउने काम हुनेछ ।
माछापुच्छ्रे हिमालको पृष्ठभूमि पारेर शिवजीको मूर्ति स्थापना गरिँदा धार्मिक पर्यटन आकर्षित हुने र सार्दिखोलाको समृद्धि हासिल हुने विश्वास गरिएको हो ।
यी सबै योजना अघि बढाउन भदौ ६ देखि १४ गतेसम्म गैराखेल मैदानमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव आयोजना गरिएको छ ।
धार्मिक महोत्सवको संरक्षकमा माछापुच्छ्रे गाउँपालिका र सहसंरक्षकमा माछापुच्छ्रे गाउँपालिका-२ को वडा कार्यालय रहेको छ ।
माछापुच्छ्रे-२ का वडाध्यक्ष गणेश आचार्यले प्रचुर पर्यटकीय सम्भावना बोकेको घोप्टेडाँलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकासका लागि ज्ञान महायज्ञसहित धार्मिक महोत्सव आयोजना गरिएको बताए ।
शिवालय महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सर्वजित गुरुङ महोत्सव सम्पन्न गर्न विभिन्न समिति गठन गरी का अघि बढाइएको छ ।
महोत्वमो प्रचारप्रसार समिति संयोजकमा कृष्णप्रसाद गौतम, अर्थ संकलनमा टेकराज आचार्य, युवा तथा महिला परिचालनमा रामप्रसाद गुरुङ, सचिवालयशेरमान भुजेल र गोविन्द आचार्य, मञ्च तथा भान्छा व्यवस्थापनमा माधव आचार्य, अतिथि सत्कारमा पुण्यशोभा गुरुङ र मीरा आचार्य, भजनमा रघुनाथ सन्यासी, सहयोग तथा सल्लाहकार समितिमा बमबहादुर गुरुङ, लोकनाथ आचार्य, भोजराज आचार्य र गिरिधारी आचार्य छन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने