युवा संघ नेपालका इन्चार्ज पहारीलाई सम्मान

युवा संघ नेपालका इन्चार्ज पहारीलाई सम्मान

'युवा निराश र विचलित हुनु हुँदैन': गण्डकी इञ्चार्ज गुरूङ

2-yuba-sangh-kaski-samman-news-1

पोखरा । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्की र पोखरा महानगर कमिटीले आइतबार युवा संघ नेपालका इन्चार्ज राजीव पहारीलाई सम्मान गरेका छन् ।

नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहेका पहारीलाई पार्टीका गण्डकी प्रदेशका इन्चार्ज किरण गुरुङले दोसल्ला र सम्मानपत्र प्रदान गरे ।

नेता पहारीले नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठकबाट कास्की क्षेत्र नम्बर ३ र युवा संघ नेपालको इन्चार्जको जिम्मेवारी पाएका छन् । पार्टीका गण्डकी प्रदेशका इन्चार्ज गुरुङले सबै निराशाजनक अवस्थालाई आशामा परिणत गर्न एमाले लागेको बताए । उनले सबै खालका चुनौतीलाई सहज ढंगले समाधान गर्न पार्टी लागेको उल्लेख गरे ।

‘युवा निराशा हुनु हुँदैन । एकताबद्ध बन्नुपर्छ,’ उनले भने, ‘हामी राजनीतिक परिवर्तनको संक्रमणकालीन अवस्थामा छौं । यो अवस्थामा विकृति र नकारात्मक सांच हाबी हुन सक्छ । यो क्षणिक भएकाले युवा निराशा भएर विचलित हुनु हुँदैन ।’

उनले ग्रामीण निर्वाहमुखी अर्थतन्त्र विघटन हुने बेलामा धेरै जनशक्ति विदेशिन सक्ने उल्लेख गरे । यस्तो अवस्थामा सहर केन्द्रीत भएर विदेशिने जानकारी दिँदै उनले राजनीतिक स्थायित्व भएपछि सबै विकृति अन्त्य हुने सुनाए ।

आफू नेकपा माले कास्कीको संस्थापक उपसचिव भएको र दोस्रो कार्यकालमा सचिव भएको जानकारी दिँदै उनले आफ्नो भूमिगत राजनीतिक पृष्ठभूमि कास्कीसँग जोडिएको उल्लेख गरे । नेकपा (एमाले) कास्की इन्चार्ज कृष्ण थापाले युवालाई शिक्षित र सचेत बनाउन पार्टीले अभिभावकको भूमिका निर्वाह गर्ने जनाए ।

राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज पहारीले ५ वर्षपछि युवा संघसँग जोडिएको सम्झना गरे । उनले पदीय जिम्मेवारीमा रहँदासम्म युवा संघलाई उचाईमा पुर्‍याउन ईंट्टा थप्ने उनको वाचा छ ।

राष्ट्रिय युवा संघ नेपालका स्थायी समितिका सदस्य विकास अधिकारी, युवा संघ नेपाल कास्की अध्यक्ष शंकर पौडेल, कास्की सचिव उमेश गुरुङ, पोखरा महानगर कमिटी अध्यक्ष प्रदीप गुरुङ लगायतले समसामयिक राजनीति र युवाको भूमिकाबारे बोलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds