पोखरा । अन्नपूर्ण गाउँपालिकामा कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण गरिएको छ । पालिकाको ८ लाख लागतमा (दुई चरणमा) वडा नं २ चुहिनेपहरामा नवनिर्मित केन्द्रको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन गरेका हुन् ।
केन्द्र उद्घाटन गर्दै अध्यक्ष केसीले पालिकाले केन्द्रको समग्र व्यवस्थापकीय पक्षमा भूमिका खेल्ने जनाए । उनले तत्काल समिति बनाएर छिट्टै केन्द्र सञ्चालन गर्ने तथा उत्पादनका आधारमा अनुदान दिएर किसानलाई प्रोत्साहन गर्ने पालिकाको योजना रहेको सुनाए ।
उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले पालिकाको व्यवस्थापनमा चल्ने उक्त केन्द्र जनताको सहयोगमा अझ प्रभावकारी तथा व्यवस्थित ढंगले सञ्चालन हुने विश्वास लिइन् ।
पूर्व जिविस सभापति पुण्यप्रसाद पौडेलले ढिकुरपोखरीको दुग्ध उत्पादन सहकारीले झैं सुरुवाती चरणमा धेरै मेहनत गरे केन्द्र दिगो रुपमा सञ्चालन हुने अनुभव सुनाए ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले कृषि सहकारी, समूह, फार्म तथा सम्बन्धित कृषक मिली कृषि उपज उत्पादन तथा बिक्री वितरण गरे केन्द्र नमूना बन्ने विश्वास लिए ।
त्यस अवसरमा अन्नपूर्ण ३ का अध्यक्ष फणीन्द्रप्रसाद पौडेल, १ का अध्यक्ष तुलसीप्रसाद अधिकारी, भविष्य हाम्रो हातमा कृषि सहकारीका व्यवस्थापक पुण्यप्रसाद पौडेल लगायतले पनि धारणा राख्दै कृषि जीवनका लागि अनिवार्य भएको धारणा राखे ।
पालिका अध्यक्ष केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अन्नपूर्ण २ का अध्यक्ष पीताम्बर भण्डारीले स्वागत तथा कृषि शाखाका कर्मचारी सरोज कुँवरले कार्यक्रम सञ्चालन गरे ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने