धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्यो, ९ जना यात्रु घाइते

धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्यो, ९ जना यात्रु घाइते

bus-acc

धादिङ । धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ९ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।

धादिङबेंसीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक सुख्खा पहिरोमा परेको थियो । पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो ।

प्रहरीकाअनुसार घाइतेमध्ये १ जनालाई उपचारका लागि काठमाडौँ रिफर गरिएको छ भने बाँकी ८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ