नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु

नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु

Accident

नवलपुर । पूर्वी नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

विनयी त्रिवेणी गाउँपालिका– ६ मा त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको यूपी ५६ ए ९२१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर अम्चुर खोलामा खस्दा सो दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक भारत महाराजगञ्ज जिल्ला निचलौलका ४० वर्षका प्रकाश भारतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार २८ वर्षीय अशोक राजभार घाइते भएका छन् । घाइतेको पृथ्वीचन्द्र जिल्ला सरकारी अस्पताल परासीमा उपचार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ