पोखराको लेकसाइड, नारेश्वरचोकस्थित मुक्तिनाथ सपिङ सेन्टरमा गत साउन १६ गते राति भएको आगोलागीमा डेढ करोड बराबर क्षति भएको बताइयो । विद्युत् सर्ट भएर आगलागी भएको भनिएपनि बीमाको लोभले पसल सञ्चालक आफैले लगाएको खुलेको छ ।
सो अभियोगमा पसल संचालक स्याङ्जा आँधीखोला वडा नं. ४ का ३६ वर्षीय सुजन गहतरात र उक्साउने ४३ वर्षीय पवन नेपाल पक्राउ परेका हुन् । पोखरा १७, ड्यामसाइडका गहतराज पसल संचालक हुन् । उनले डा. थानेश्वर पहारीको घरमा पवित्रा अधिकारीको नाममा केही वर्षदेखि उक्त पसल संचालन गर्दै आएका थिए ।
बुधबार राति करिब २ बजेर १० मिनेटमा उक्त सपिङ सेन्टरमा आगो लागेको थाहा पाएपछि स्थानीयसहित प्रहरीको सहयोगमा राति नै एक घण्टामै आगो नियन्त्रणमा आएको थियो ।
आगो लागेपछि पसल संचालक सुजन गहतराले पसलमा के कसरी आगो लागेको हो भनी गत १७ साउनमा वडा प्रहरी कार्यालयमा निवेदन समेत दिएका थिए । उनले पसलको बीमा नगराएको बताए ।
प्रहरीले सुरुदेखि नै सुजन र आगलागी घटनालाई शंकालु पारेर हेरिरहेको थियो । त्यसै क्रममा प्रहरीले इन्भर्टर सप्लाई गर्ने व्यक्तिसँग बुझ्यो । इनभटरबाट आगो नलाग्ने बरु जोड्ने क्रममा बिग्रन सक्ने जवाफ प्रहरीले पायो । विद्युत प्राधिकरणसँग बुझ्दा पनि बिजुलीमा कुनै कैफियत नरहेको जवाफ आयो ।
अनुसन्धानका क्रममा उक्त पसलको पोखराकै न्यूरोडस्थित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडबाट २ करोड १० लाख बराबरको बिमा गराएको र पसलमा आगो लागेको भनी गत १७ साउनमा बीमा दाबीको मागका लागि निवेदन समेत पेस भएको भेटियो ।
योजना बुनेरै उनले बिमा गराएको र त्यही अनुसार आगजनी गरेको भन्ने प्रहरीको आशंका सत्य सावित भयो ।
आगलागीको योजना
घटना हुने राति सुजनले घरबाट गाडीमा स्प्रिटको ग्यालेन राखेका हुन्छन् । रातको अन्दाजी ११ बजे सुजनले साथी पवन नेपाललाई बोलाउँछन् ।
उनीहरुले पोखरा १७ ड्यामसाइडको फेवा झिर रेष्टुरेण्टमा ५ वटा बियर पिउँछन् । पानी परेको दिन सबै मानिस सुत्ने र खासै चहलपहल नहुने नेपालको सुझावअनुसार त्यही राति नै आगो लगाउने सरसल्लाह हुन्छ ।
पसल सञ्चालकको पसल खासै धेरै नचलेको र सामान ठूलो मात्रामा स्टक भएको र घरधनी समेतसँग भाडा लगायतका कुरामा विवाद रहेको प्रहरीले बताएको छ । शंका लागेर सुजनलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले सबै काम योजना अनुसार नै गरेको स्वीकार गरेका छन् ।
पवन नेपालले सञ्चालन गरेको पश्चिमाञ्चल एकीकृत कृषि केन्द्रबाट सञ्चालित सफल पोल्ट्रि फार्ममा आगो लागेकोले उक्त आगोलागीबाट पवनले इन्स्योरेन्सबाट ३१ लाख रुपैंया पाएका थिए । त्यसैबाट प्रभावित भएर आफूले योजना बनाएको सुजनले स्वीकारेका छन् ।
गहतराजले चलाउने गरेको ग३च ६२६६ नम्बरको गाडीमा दुवै जना बस्छन् । उनीहरु सपिङ सेन्टर भित्र बाहिर गरिरहन्छन् । उनीहरु दुवैजना १०/१५ मिनेट भित्र बसी बाहिर निस्की सुजनले सटर लगाइ हतारहतार गाडी लिएर तालबाराही स्कुल गएका थिए । त्यतिबेला पवन पसलकै बाहिर बसेका थिए । एकछिनपछि पवनले सलाई कोरेर फाली गाडीकै पछि लागेका थिए ।
प्रहरीका अनुसार सुजन यसअघि जुवामुद्दामा पक्राउ परी छुटेका थिए । पवन भने यसअघि यस्ता घटनामा संलग्न भएको नपाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुलाई आपराधिक उपद्रव गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतवाट ७ दिन म्याद थप भई अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचारः
लेकसाइडको सपिङ सेन्टरमा भएको आगलागीबाट डेढ करोड बढीको क्षति अनुमान
सम्बन्धित खबर
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
अध्यादेशको विरोध गर्दै कास्कीका ३५ स्थायी शिक्षकले दिए सामूहिक राजीनामा
डा. निकोलस भुसाललाई ५० हजार धरौटीमा छाड्न कास्की अदालतको आदेश
कास्की हिरासतमा रविको तस्वीर खिच्ने निकोलस भुसाल फेरि पक्राउ
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी