रास्वपाका सांसद र नेताले ५ दिनसम्म सार्वजनिक यातायात चढ्ने, निजी गाडी थन्क्याए

रास्वपाका सांसद र नेताले ५ दिनसम्म सार्वजनिक यातायात चढ्ने, निजी गाडी थन्क्याए

rabi-lamichhane-public-bus

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद र केन्द्रीय सदस्यहरूले पाँच दिनसम्मलाई सार्वजनिक यातायात चढ्न थालेका छन् ।

शनिबारबाट उनीहरूले पार्टी कार्यालय चमतीमा निजी गाडी छोडेका छन् । पार्टी कार्यालयमा निजी गाडीहरू छोडेर नेता तथा सांसदहरूले सार्वजनिक यातायात चढ्न थालेका हुन् ।

आइतबार तनहुँमा भएको कार्यक्रममा उपसभापति डा. स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल, गणेश पराजुली पुगेका छन् । उनीहरूले त्यहाँ जान पनि सार्वजनिक यातायात प्रयोग गरेका हुन् ।

शनिबार पार्टीको बन्द कार्यशाला सकेर सम्पूर्ण नेता तथा सांसदहरू सार्वजनिक यातायातमै घर फर्किएका थिए ।

रास्वपाको अभियान आगामी बुधवारसम्म सञ्चालन हुनेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ