पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आधार शिविरमा भेटिएको मानव अवशेष पदयात्राका क्रममा बेपत्ता भएका स्वीडेन युवककै हुन सक्ने दाबी प्रहरीले गरेको छ ।
हालसम्मको प्राप्त प्रमाणका आधारमा उक्त कंकाल स्वीडनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्गकै भएको देखिने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मिचल लिउले लगाएको ट्राउजर र भेटिएको ट्राउजर उस्तै देखिएकाले स्विडिस नागरिक हुने दाबी पुष्टि हुने जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख मोहन थापाले जानकारी दिए ।
यद्यपि उनले अनुन्धान टोली कंकाल भेटिएको ठाउँमा जाँदै गरेको बताए ।
५ जनाको प्रहरी टोली, वडाध्यक्ष हरिबहादुर क्षेत्रीको नेतृत्वमा भेडी गोठाला, मालिक त्यसतर्फ हिँडेका छन् । घटनास्थलमा भने टोली भोलिमात्र पुग्नेछ ।
मिचल गत पुस १४ गतेदेखि मर्दी हिमाल पदयात्राको क्रममा बेपत्ता भएका थिए । मर्दी हाइ क्याम्पबाट बिहान ४ बजेतिर बेस क्याम्प हिँडेका २० वर्षीय लिउ बेलुका होटल नफर्किएपछि खोजी सुरु भएको थियो । केही दिन हेलिकप्टरसहित खोजी जारी राखे पनि उनको अवस्था अज्ञात छ ।
भेडीगोठालोले निगालोघारी नजिकै कंकाल फेला पारेका हुन् । भालुले खाएर हाडखोर मात्र बाँकी रहेको हुनसक्ने अनुमान छ ।
सम्बन्धित समाचारः
मर्दी ट्रेक रुटमा मानव कंकाल, ट्रयाकसुट र मोबाइल फेला
सम्बन्धित खबर
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु
सांकेतिक भाषा तालिम समावेशी समाज निर्माण तर्फको महत्वपूर्ण कदमः मन्त्रीथापा
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध