अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

exchange1643176058

अमेरिकी डलरको भाउ बढ्ने क्रममा रहेको छ। आइतबार डलर हालसम्मकै महँगो भएको छ।

आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रूपैयाँ ३१ पैसा तोकिएको छ।

यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि गत आइतबार डलरको भाउ १३४ रूपैयाँ २७ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा आजको मूल्य ४ पैसा बढी हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ८८ पैसा र बिक्रीमा १४५ रूपैयाँ ५३ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रूपैयाँ ४६ पैसा र बिक्रीदर १७१ रूपैयाँ २३ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ १० पैसा र बिक्रीमा ८७ रूपैयाँ ४९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ३२ पैसा र बिक्रीमा ९६ रूपैयाँ ७५ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रूपैयाँ ७३ पैसा र बिक्रीमा २९ रूपैयाँ ८६ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ ७९ पैसा र बिक्रीमा ४३९ रूपैयाँ ७६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ३१ पैसा तोकिएको छ।

ट्रेन्डिङ