पोखरा । पोखरामा सडक आश्रित २२ जनालाई उद्दार गरी महानगरपालिकाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
शुक्रबार दिउँसो ०४ः३० बजे वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पोखरा महानगरपालिका वडा नं. ४, ५, ६, र ९ का वडा एरियाबाट उद्दार गरेको हो ।
प्रहरीका अनुसार सडकका पेटीमा बसी माग्दै हिड्ने, जोगीको भेष गरी हिड्ने महिला, पुरुष, बालबालिका तथा भारतीय मुलुकका नागरिक, बालबालिकाहरु सहित २२ जना मानिसहरुलाई उद्दार गरी पोखरा महानगरपालिकाको कार्यालयलाई जिम्मा लगाइएको छ । जसमध्य महानगरको समन्वयमा १० जना पुरुष मानवसेवा आश्रम हेम्जा, ४ जना बालक बाल हेल्पलाईन अम्मरसिंह र ८ जना महिलालाई मानव सेवा आश्रम छोरेपाटन पठाइएको छ।
भिक्षा माग्न कानुनले निषेध गरेकोले पोखराको सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सवारी साधनमा पनि भिक्षा माग्न प्रहरीले नदिने जनाएको छ । बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न लगाउने कार्यलाई रोक लगाइएको छ ।
प्रहरीले बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवस्थापन गर्न प्रहरीले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको छ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने